कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अव्यवस्थित मासुजन्य पसल हटाउन निर्देशन दिइएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित माछा–मासु पसलहरू हटाउन नगरपालिकाले निर्देशन दिएको हो। शुक्लाफाँटा नगरपालिकाले अव्यवस्थित मासु पसलहरूले वातावरण प्रदुषित तथा वातावरणको सौन्दर्य तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर गरेको भन्दै हटाउन दिएको छ।
नगरपालिकाका पशु विकास सेवाका प्रमुख रामचन्द्र भट्टले ब्यवसायीले माछा–मासु पसल सञ्चालनसम्बन्धी न्यूनतम मापदण्ड पालना नगरेको पाइएको बताए। साथै नगरपालीकामा सडक किनारमा अस्थायी टहरा, खाट, टेबुल राखी माछा मासु बिक्री गर्ने पसलहरू सञ्चालन भइरहेको बताए। शुक्लाफाँटा नगरभित्र झलारीमा ११, कलुवापुर ४ र वनसमितीमा ४ गरी जम्मा १९ वटा पसलहरू सञ्चालनमा रहेपनि ४ वटा पसल मात्रै दर्ता भएको पशु विकास सेवाका प्रमुख भट्टले बताएका छन्। बजार तथा ग्रामिण क्षेत्रमा विनादर्ता माछा–मासु पसल सञ्चालन भइरहेका र दर्ताका लागि पटकपटक सूचना जारी गर्दा ब्यवसायीले अटेर गरिरहेको भट्टले बताएका छन्।