काठमाडौं। सभामुखको उम्मेदवारीबारे नेपाली कांग्रेसले अझैं निर्णय गर्न सकेको छैन । सभामुख पदमा उम्मेदवार दिने वा नदिने भन्ने विषयमा छलफल गर्न आज बिहानदेखि सुरु भएको पदाधिकारी बैठक विनानिष्कर्ष सकिएको छ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।सभामुखको मनोनयन दर्ताको समय आजै दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्का लागि तोकिएको छ । एमालेले भने झापा-२ बा निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सभामुखका लागि मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछन् । बैठक बिहान ११ बजे बोलाइएको छ ।