कैलाली। सुदूरपश्चिम प्रदेशमा सभामुख पदमा एमालेकी कोइली देवी चौधरी निर्वाचीत भएका छिन्। उपसभामुख पदमा एमालेकी कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादी माया पन्त निर्वाचनमा होमिएकी थिइन्। जम्मा मत ५१ खसेको थियो।एमालेकी कोइली देवी चौधरीले २८ मत ल्याएर निर्वाचीत भएका छिन्। यस्तै माया पन्तले २३ मत पाइन्।
चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ थियो भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ थियो। ५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन्। यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् ।आजै बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए ।