धनगढी। नेकपा एमालेका सांसद धर्मराज पाठकले टीकापुर घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिने बताएका छन्। प्रदेश सभाको बैठकमा बोल्दै पाठकले टीकापुर घटनालाई उचालेर झिंगे दाउ बनाएर अगाडि नबढ्न समेत आग्रह गरे।यो प्रदेश सभा भवनमा जतीपनी दलहरु प्रतिनिधित्व भैरहेका छौ।
सुदुरपश्चिम प्रदेशका जनताले दिएको जनादेश केहो भने एउटा मात्रै राजनितीक दलले, एउटा मात्रै राजनिती ऐक्टरले प्रदेश सरकारले मात्रै प्रदेशका सबै कुरा सम्बोधन गर्न सक्दैन र माग पुरागर्न सक्दैन । त्यसैले मिलेर जानुहोस् भन्ने सन्देश निर्वाचनको जनादेश हो उनले भने। संबिधानले दिएको दायीत्व निर्वाह गर्नुपर्ने उनको जोड छ।
‘टीकापुर घटनालाई प्रमुख राजनीतिक दलहरु राजनीतिक रुपमा सम्बोधन गर्नुपर्नेपर्छ, यो राजनीतिक विषय हो भन्नेमा सहमत भइसकेका छन्,’ प्रदेश सभामा बोल्दै उ एमालेका सांसद धर्मराज पाठकले भने, ‘फेरि टीकापुर घटनालाई उचालेर त्यसलाई फेरि झिंगे दाउ बनाएर अगाडि बढ्नु जरुरी छैन।’ नेकपा एमालेले टीकापुर घटनाको समाधान राजनीतिक तवरले खोज्नु पर्ने माग उठाइरहेको उनले बताए। ‘हामी राजनीतिक ढंगले समस्याको समाधान दिन्छौं, तर त्यहीँ घटनालाई बल्झाएर, झिंगे दाउ बनाएर अरु खालका षड्यन्त्रका तानाबाना बुनियो भने हामी जे कुराको जनादेश लिएर आएका छौं त्यो पूरा गर्न सक्दैनौं।’ उनले भने, गएको २४ घण्टामा प्रदेशसभामा प्रदेश सभा सदस्यहरुले संबिधानको धारा १८२ अनुसार सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने
बिषय गम्भिर भएको बताए। उनले यो बिषय बिचारणीय बिषय भएकाले यसमा सबै दल गम्भीर बन्नुपर्ने बताउँदै प्रदेशका २५ लाख जनताको प्रतिनिधित्व गर्ने प्रदेश सभामा गरिएको राजनितीक घटना क्रमले अनिणर्यको बन्दी बनाउने प्रयास गरिएको बताए।यसबाट अनियमित गर्ने, संविधानमा भएका ब्यवस्था दायीत्व बिभिन्न राजनितीक घटनाक्रमले बिभिन्न समस्या निम्त्याएको बताए। र सम्बैधानिक संकट सिर्जना गर्ने खालका गतिबिधी भैरहेकाले सजक बन्नुपर्ने बताए।जनताले ५ बर्षका लागी जिताएर पठाएपनी त्यो जिम्मेबारी बहन गर्नुपर्ने र भोलीत्यस्को जिम्मेवारी लिनुपर्ने बताए । जनताले जुन अपेक्षा गरेर जनताले संसदमा पठाएका छन् त्यो अपेक्षा पुरा गर्न समस्या हुने उनले बताउँदै चुनौँती थपिएको बताए। सभामुखको निर्वाचनको प्रक्रियामा रहेको बताउँदै लोकतन्त्र शासन मात्रै हैन, पक्रिया मात्रै हैन, लोकतन्त्र भनेको जिवन पद्धती हो, लोकतन्त्र भनेको ब्यवहार पनी हो। हामीले कस्ता खालका ब्यवहार अबलम्बन गरिरहेका छौँ । हामीले कस्ता खालका कार्यशैली अबलम्बन गरिरहेका छौँ।यसमा सबैले गम्भिर बन्नुपर्ने बताए। उनी भन्दा अघि बोलका नेपाली कांग्रेसका सांसद विक्रम धामीले टीकापुर घटनाको प्रसंग झिकेका थिए। सांसद धामीले कांग्रेस रेशम चौधरीको रिहाइको पक्षमा रहेको उल्लेख गरेका थिए। ‘रेशम चौधरीको रिहाइका लागि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो, हामी त्यसको पक्षमा छौं,’ उनले भने, ‘रेशम चौधरी माघीमा छुट्ने सुनेपनी त्यो पुरा नभएको उनको भनाई छ।