धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन्।
उनले लेखेकी छन्,‘नागरिक उन्मुक्ति पार्टी को प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो’, ‘हामी अनि हाम्रो माननीयज्यू हरू लाई मन्त्री,सभामुख,उपसभामुख बन्नको कुनै हतारो छैन।’उनले बन्दीहरू रिहा नहुँदा सम्म सङ्घ र प्रदेश दुबैमा सरकारमा नजाने स्पष्ट पारेकी हुन्। ‘जब सम्म हाम्रो निर्दोष राजबन्दीहरू नि सर्त रिहाइ हुँदैनन् नागरिक उन्मुक्ति पार्टी न सङ्घ मा न प्रदेश मा कहीँ कतै सरकार मा सामेल हुँदैनन्’उनले स्पष्ट पारेकी छन्।