काठमाडौं। केपी शर्मा ओलीको तीव्र आलोचना गर्दै घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले छाडेको तीन महिनापछि भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी गरेका छन्।
आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए । ओलीबारे टिप्पणी गर्दै भुसालले भने, ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । उनले भने, ‘ओलीवाद, ओली विचार, ओली सिद्धान्त र ओली संगठन हावी भयो । संगठन कस्तो हुन्छ ? त्यो, सौरहा काण्डले देखायो।
सिद्धान्त के हो ? भन्दा राज्य र पार्टी सबै मेरा चारका हुन यो उहाँको सिद्धान्त हो। विचार के हो भन्दा सर्वत्र म। ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो।’ मुलुक डरलाग्दो दुर्घटनातर्फ जाँदै गरेको पनि उनले बताए । उनले भने, ‘एक अर्कालाई गाली गर्दा–गर्दा जो सिद्धान्तविहीन छ। जो बढी मूल्याहिन छ। उनीहरु पपुलर हुने स्थिति हुने आयो राजनीतिमा। यसले राजनीतिलाई सही दिशातिर लाग्दैन , रमाइलो बाटो हिडेर मुलुक डरलाग्दो खुट्टातर्फ जाँदैछ ।’ भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए। उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए। भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए।