ऐजन्सी। नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समिति (भारत) को समिति गठन गरिएको छ। आईतबार नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समिति (भारत) को आयोजनामा समिति गठन गरिएको हो। नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समिति(भारत)को अध्यक्षमा गोबिन्द कुवँंर चयन भएका छन्।
यस्तै उपाध्यक्षमा आर्सी जैरु,सचिवमा रुपेश आउजी,पुजा थापा मगर ,भक्त बहादुर नेपाली ,यनुका बोहरा ,यलिशा जैरु,सन्तोष परियार ,पदम कुवर,रिना नेपाली ,दिपक आउजी,सुनिल नागरी,दिनेश परियार, बहादुर परियार र प्रकाश धामी लगायत चयन भएका छन। कार्यक्रममा नेपाल परिवार दलका सयोजक खडक नागरी कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार र पिस फोर्स नेपालका केन्द्रीय सदस्य अजय जैरु लगायतका नेताहरुको सहभागीता रहेको थियो।
नेता नागरीले प्रवासी समिति गठन गर्नको उदेश्य कुनै पनि नेपालीहरुलाइ प्रवासीहरु कुनैपनि सदस्य आउदा यश संगठनले उद्घार गर्ने र सम्बन्धि निकायसघ सहकार्य गर्ने पिडितहरुलाइ सहयोग गर्ने र बाटोमा आउने काम गरेको ठाउँमा समयमा तलब नपाउने यस्ता कृयाकलाप लगायतका समस्याको समाधान गर्ने बताएका छन्। यस्तै यश समितिका सदस्यहरुले यसको बारेमा बिशेष छलफल गरि यश समितिले बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम गर्ने येस्तैबाट जम्मा भएको पैसाले कुनैपनि प्रवासी दाजुभाइ दिदिबहिनीहरुलाइ समस्य पर्दा सहयोग गर्ने नेता नागरीले बताए। कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियारले पनि प्रवासीहरुलाइ पनि समस्या पर्दा हाम्रो पार्टी नेपाल परिवार दलले सहयोग गर्ने छ। पिस फोर्सका युवा नेता अजय जैरुले हामी भारतक विभिन्न राज्यमा हाम्रो संगठनले प्रवासीहरुलाइ अफ्ट्यारो पर्दा नेपाल परिवार कहिले पनि पछि हटने छैन भन्ने बारेमा बताए कार्यक्रम भएको स्थान लालबाग बेङ्गलोर कर्नाटक भएको थियो।