धनगढी । सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकीय दृस्टीकोणले सम्भावित गन्तब्य स्थलको पहिचान तथा प्रबर्धन गर्ने उद्धेस्यले कैलालीको मोहन्याल गाउँपालिका अन्तरगत रहेको राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपस्चिम प्रदेशको माषिक बैठक सम्पन्न भएको छ।
उक्त बैठकले नाट्टा सुदुरपस्चिम प्रदेशका सबै सदस्य ट्राभलले पर्यटकीय स्थल राजकाँडालाई आफ्नो टुर प्याकेजमा अनिवार्य रुपमा समेट्ने, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरि राजकाँडा क्षेत्रलाई उत्कृस्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा बिकास गर्न परिणाममुखी पहल गर्ने निर्णय गरेको नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंहले जानकारी दिए ।उक्त बैठकले नाट्टा सुदुरपस्चिम प्रदेशका कार्यसमितिमा २ जना सदस्यहरु तथा ४ जना सल्लाहकार समिति लाई मोनोनित गरेको छ।
मनोनित प्रदेश कार्यसमिति सदस्यहरु यूनिफर्म टुर्स एण्ड ट्राभल प्रा ली महेन्द्रनगरका प्रबन्धक निर्देशक जगदीश चन्द्र भट्ट र लिंगा टुर्स एण्ड ट्राभल प्रा ली महेन्द्रनगरका प्रबन्धक निर्देशक प्रविन चन्द लाई मनोनित गरिएको अध्यक्ष सिंहले बताए । त्यस्तै मनोनित सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्ट, र सुदुरपस्चिम बिश्वबिद्यालय तथा कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक शिवराज जोशी लाई सल्लाहकार समिति लाई मोनोनित गरिएको हो । बैठक पश्चात राजकाँडा देखि चिसापानी सम्मको ट्रेकिङ रुटको अवलोकन गरिएको छ ।
नाट्टा सुदुरपस्चिम प्रदेशको अर्को माषिक बैठक कन्चनपुरको नाईल क्षेत्र अथवा झिल्मिला तालमा गर्ने नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंहले बताए । राजकाँडाको बैठकमा नाट्टा सुदूरपश्चिम प्रदेशका कार्यसमिति सदस्यहरु, संस्थापक अध्यक्ष एवम् संरक्षक मायाप्रकाश भट्ट, अतिथिहरुमा वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्ट, निर्माण व्यावसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण स्वार, उद्योग बाणिज्य महासंघ सुदुरपस्चिमका कार्यकारी निर्देशक ज्योति भट्ट, कैलाली उद्योग वाणिाज्य संघ कैलालीका कार्यकारी निर्देशक गोमा अधिकारी, सुदूरपश्चिम प्रदेश पर्यटन बोर्डका जानकी थापा, बुद्ध एयर धनगढी प्रतिनिधि विरेन्द्र चन्द, श्री एयर धनगढीका प्रतिनिधि रनसिंह ठक्कुला, स्थानीय युवा समाजसेवी कमल शाही लगायतको उपस्थिति रहेको थिया ।
किन जाने राजकाँडा ?
कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा अवस्थीत राजकाँडा क्षेत्र पर्यटकिय तथा ऐतिहासिक क्षेत्रका रुपमा विकास हुदै गएको छ । राजकाँडा ऐतिहासिक स्थलमा धुलिकोट दरबार, गुफा, टुंडिखेल, राजाले पानी खाने कुवा, कोल, कैदी सराउने भिर, शिव मन्दिर, मालिका मन्दिर, हात्ती ढुंगा, हात्ती खाल, भैरवथान लगायतका पर्यटकीय संभावना बोकेका क्षेत्रहरू रहेका छन् । धुलिकोटे राजा बाइसे र चौबीसै राजाको पालमा शाशन गरेको त्यहाका स्थानीयले बताउँदै आएका छन् ।
राजकाँडा पुग्न कैलालीको लम्की बजार देखि उत्तर तर्फ करिब १८ किलोमिटर ग्राभेल सडक मार्फत सकिन्छ । त्यस्तै कैलालीको चिसापानी देखि साढे २ घन्टाको ट्रेकिङ्ग गरेर पनि जान सकिने अवस्था रहेको नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंहले जानकारी दिए । अध्यक्ष सिंहले राकाँडा क्षेत्र लाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने ३ वटै तहका सरकारले आवश्यक पहल गनुपर्ने बताए । उनले पर्यटकिय क्षेत्रको विकासका लागी नाट्टा सुदुरपस्चिम पनि हातेमालो गर्ने तयार रहेको जानकारी दिए ।