धनगढी : नेपाल यातायात स्वतन्त्र मजदूर संगठन बस इकाई कमिटि धनगढीको अध्यक्षमा पुन: शंकर ओली चयन भएका छन् । कमिटिको चौथो अधिवेशनबाट ओली सर्वसम्मत चयन भएका हुन् । कमिटिको उपाध्यक्षमा कमल ओली, सचिवमा भोजराज फुलारा, कोषाध्यक्षमा इन्द्र बहादूर थापा, सह सचिवमा राजेन्द्र पाण्डेय चयन भएका छन् ।
सदस्यहरुमा अमर बहादूर बिष्ट, प्रेम भाट, योगेन्द्र फुलारा, तेज मल्ल, शुरेस साउँद र बिकास खनाल चयन भएका छन् । बिधान अनुसार पछि थप गर्ने गरी हाल ११ जनाको कमिटि चयन गरिएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए । आज एक कार्यक्रमका बिजत जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादूर मल्लले चौथो अधिवेशनको उद्घाटन गरेका थिए ।