धनगढी। सुदूरपश्चिम प्रदेश सरकार गठनकालागि अहिलेसम्म कुनै पनि दलसँग स्पष्ट बहुमत पुगेको छैन्। दलसँग स्पष्ट बहुमत नपुगेका कारण बिभिन्न दलसँग समीकरण बनाउन आवश्यकता महसुस गरिएको छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि २७ प्रदेशसभा सदस्य आवश्यकता रहने भएकाले कसैको बहुमत नपुगेको हो। त्यस कारण प्रदेश सरकारको नेतृत्व कुन दलको नेतृत्वले गर्र्छ भन्ने यकिन हुन सकेको छैन् ।
प्रदेशमा कांग्रेसका १९, एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, नेकपा एसका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद १,१ सांसद रहेका छन् । केन्द्रको राजनितीक समिकरण अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अझै पर्ख र हेरको अवस्थामा रहेको छ। उन्मुक्तिले आफ्ना माग सम्बोधन भएको अवस्थामा मात्रै सरकारमा रहने, नभए बाहिरिने संकेत गरेको नागरिक उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेको छ।
यस्तै अहिले सत्ता गठबन्धनभन्दा बाहिर रहेको नेकपा एकीकृत समाजवादी पनि पर्ख र हेरकै अवस्थामा छ। प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी यता सोही अवस्थामा रहेको छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको कांग्रेसले प्रदेशमा भने सरकार गठनका लागि कसरत गरिरहेको छ। काँग्रेस सुदुरपश्चिम संसदीय दलका नेता कमल शाहले सरकार गठनकालागि सबै दलसँग वार्ता गर्न तयार रहेको र केन्द्रको गठबन्धन विपरीत पनि प्रदेशमा सरकार बन्न सक्ने बताए । यस्तो अवस्थामा प्रदेश सरकार गठनका लागि समीकरण एक मात्रै विकल्प भएको अवस्थामा प्रदेश सभा सदस्यका दलहरू त्यसको कसरतमा रहेका छन्। यसका लागि विभिन्न पाँचवटा समीकरण बनाउन सकिने देखीएको छ ।सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि सरकार गठन गर्न सकिन्छ।
यसरी केन्द्रीय समझदारीअनुसार प्रदेशमा सहजै सरकार बनाउन सकिने स्थिति छ । यसका लागि दलहरूबीच सरकारको नेतृत्वदेखि सभामुख, उपसभामुखलगायतका पदहरू भगवण्डा हुनेछन् ।वर्तमान सत्ता गठबन्धनको समिकरण अनुसार एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा रहेका छन् ।सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि सरकार गठन गर्न सकिन्छ । यसरी केन्द्रीय समझदारीअनुसार प्रदेशमा सहजै सरकार बनाउन सकिने स्थिति छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसद पुग्छन्, जुन सरकार बनाउन बहुमत पुगने देखिएको छ ।
यस्तै पूर्वगठबन्धनमा कांग्रेस, माओवादी र नेकपा एस भए , यदि मुख्यमन्त्री माओवादी केन्द्रलाई दिएर, सभामुख र उपसभामुख अन्य दललाई दिने गरी सत्ता समीकरणको सम्भावना पनि छ। कांग्रेसका १९, नेकपा माओवादी केन्द्र ११ र एसका चार गरी ३४ सांसद पुग्छन्, यसरी पनी सरकार बनाउन सक्छन् । सम्भावित अन्य समीकरणमा एमाले, माओवादी, एस, राप्रपा र स्वतन्त्र गरी यो समीकरणमा मुख्यमन्त्री एमाले वा माओवादी केन्द्रमध्ये एक दलले लिँदै अन्य पद पनि भागवण्डा गरेर पनि सरकार गठन गर्न सकिन्छ । त्यसका लागि स्वतन्त्र सांसदको भने साथ जरुरी पर्छ । एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पाटी र स्वतन्त्र सदस्य १/१ गरी २७ सांसद हुन्छन् ।यस्तै कांग्रेस, नागरिक उन्मुक्ति र स्वतन्त्र समीकरणमा– कांग्रेस वा नागरिक उन्मुक्तिमध्ये एक दलले मुख्यमन्त्री लिने गरेर पनि नयाँ समीकरण बन्न सक्छ । प्रदेशमा कांग्रेसका १९, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र १ गरी २७ सांसद हुन्छन् ।कांग्रेस, उन्मुक्ति र एस समीकरणमा – कांग्रेस वा नागरिक उन्मुक्तिमध्ये एक दलले मुख्यमन्त्री लिने गरी नेकवा एससँग मिलेर पनि सरकार बनाउन सकिन्छ । यसरी सरकार गठन गर्दा अन्य पद सहमतिमा बाँडफाँट गर्न सकिन्छ । कांग्रेसका १९, नागरिक उन्मुक्तिका ७ र एसका चार गरी ३० सांसद पुग्छन् । केन्द्र सरकारमा नेकपा एस सामेल नभएकाले यो समीकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना छ ।