संघियतामाथी प्रश्न उठिरहँदा बर्तमान गृहमन्त्री रबी लामिछानेबाटै संघियतामाथी चुनौती देखेको सुदूरपश्चिमका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ बहादुर सोडारीले बताएका छन् । प्रदेश संरचनापछि दोश्रो कार्यकालका लागी निर्वाचित पछि प्रदेशसभाको पहिलो बैठकमा बोल्दै सोडारीले हजारौँ नेपालीको बलिदानबाट आएको संघियता नमान्नेहरुनै देशको नेतृत्वमा हुँदा संघियता खतरामा रहेको बताउका हुन् ।
स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले संघियता नस्वूकारेकै कारण प्रदेशमा उमेदवार नउठाएको उनले दावी गरेका थिए । बिभिन्न दलबाट प्रतिनिधित्व गर्दै पहिलो बैठकमा बोलेका प्रदशेसभा सदस्यहरुले संघियतामाथी प्रश्न उठेकाले सबैले सच्चिनुपर्ने बताएका थिए ।
नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता समेत रहेका सोडारीले पहिलो बर्षमा धेरै काम गर्न प्रदेश सरकार सफल भएको बताए । कुनै संरचना बिना स्थापना भएको प्रदेश सरकारले भौतिक पुर्वाधार देखी अन्य कुरामा देखिने गरी काम गरेको उनले बताएका थिए ।