कञ्चनपुर। बनबासाबाट दुई जना नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। अवैध लागूऔषध चरेशसहित बनबासाबाट भारतीय प्रहरीले दुई जना नेपाली महिलालाई पक्राउ गरेको हो।
नेपाल भारत सीमामा पर्ने बनबासाबाट बुधबार अवैध लागूऔषध चार किलो ३० ग्राम चरेस सहित दुई जना नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको हो।सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्ध विशेष अप्रेसन चलाइरहेको भारतको चम्पावत प्रहरीले बाग्लुङको ढोरपाटन नगरपालिका–३ की ४३ वर्षीया गोमा घर्तिमगर र दाङ लमही नगरपालिका–३ की ४६ वर्षीया कमला मगर लागू औषध चरेस सहित पक्राउ गरिएको चम्पावतका प्रहरी प्रमुख देवेन्द्र पींचाले जानकारी दिएका छन्।