कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको ६ महिनामै रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। उनी त्यसभन्दा अघि सञ्चारकर्मी भएर पटक-पटक टेलिभिजन पत्रकारिताबाट कञ्चनपुरकी निर्मला पन्तको न्यायकालागि आवाज उठाइरहेका थिए। तर टेलिभिजन पत्रकारिता छाडेर स्वतन्त्र रुपमा राजनितीमा सक्रिय भएर लागे।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी गठनगरी निर्वाचितपछि सरकारमा सहभागी भएर गृहमन्त्री बनेका छन्। सपथ ग्रहणको पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने बताएका छन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन। टेलीभिजन पत्रकारीतामा रहदाँ पनी रवि लामिछानेले सो बिषमा पनी बोल्दै आएका थिए । उनले सो बेला सरकारले कुनै पहल नचालेको र राम्रो सँग अनुसन्धान नभएको बताएका थिए । उनी सो बिषयको स्थलगत रिर्पोटिङका कञ्चनपुर आएका थिए। जब उनले गृहमन्त्रीको सपथग्रहण पछिको पहिलो निर्णयमा सो बिषय उठान गरेसँगै निर्मला प्रकरणको घटना एकपटक फेरि चर्चामा आएको छ।
आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर संगठन विस्तारका लागि देश दौडाहाका क्रममा कञ्चनपुर पुगका उनले बलात्कार पछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई घरमै गएर भेटका थिए। उनले त्यसबेला दुर्गादेवीलाई लामिछानेले आफू सञ्चारकर्म छोडेर राजनीतिमा आए पनि निर्मलाको न्यायका लागि आवाज उठाउन नछोड्ने प्रतिवद्धता गरेका थिए । उनले सञ्चारकर्ममा रहँदा आफ्नो क्षमताले भ्याएसम्म निर्मलाको न्यायका लागि लागिपरेको हो, अहिले बाटो फेरेँ, वाचा फेरेको छैन, राजनीतिमा आउँदा पनि यसलाई प्राथमिकतामा राखेको छु। आफ्नो क्षमताले भ्याएसम्म निर्मलालाई न्याय दिलाउन लागिरहन्छु,’ लामिछानेले दुर्गादेवीलाई भनेका थिए। निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। सुरुवातमा प्रहरीले घटनाको अनुसन्धानमा कमजोरी गर्दा घटनाको बास्तविकता बाहिर आउन सकेको छैन् । रवि अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीलाई चलाउने मन्त्रालय हाँक्न पुग्दा निर्मलाले न्याय पाउने आशा जगाएको बुझिएको छ । छोरी निर्मलाको न्यायको पर्खाइमा रहेकी दुर्गादेवी आशावादी देखिएकी छन्। लामिछाने गृहमन्त्री भएपछि छोरीले न्याय पाउने आशा जागेको उनी बताउँछिन्।
दुर्गादेवीले भनिन्, यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौं, रवि लामिछानेले टेलिभिजनमा हुँदा न्यायका लागि धेरै लाग्नुभयो,’ ‘अहिले उहाँ राजनीतिमा लागेर गृहमन्त्री नै हुनुभएको छ, अब छोरीले न्याय पाउँछिन् कि भन्ने आश जागेको छउनले भनिन्।’लामिछानेलाई चार वर्षदेखि गिजोलिएको घटनाका अपराधीलाई कानूनी कठघरामा उभ्याउने चुनौती पनि छ। घटना पछि मात्रै देशले ४ वटा गृहमन्त्री पाएको छ। निर्मलाको बलात्कार भएको समयमा तत्कालीन माओवादीका रामबहादुर थापा (बादल) गृहमन्त्री थिए। त्यसपछि एमालेका खगराज अधिकारी, कांग्रेसका बालकृष्ण खाँण हुँदै अहिले लामिछाने गृह मन्त्रालय हाँक्न पुगेका छन्। त्यतिकै संख्यामा प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख पनि फेरिएका छन्।सयौँ शंकास्पदमाथि प्रहरीले अनुसन्धान गरेर उनीहरुको डीएनए पनि परीक्षण गरेको छ। तर अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ परेका छैनन्। रविको कार्यकालमा निर्मला प्रकरण सुल्झाउन लामिछानेलाई ‘फलामको चिउरा चपाए’ सरह हुने टिप्पणी भइरहेका छन्। रवि लामिछाने गृहमन्त्री बनेसँगै निर्मलालाई न्याय दिलाएर आफू परीक्षण हुने मौका रहेको महिला अधिकारकर्मी माया नेगीले बताएकी छिन् । उनलेनिर्मला प्रकरण सबैको चासोको विषय भएकाले लामिछाने गृहमन्त्री बनेपछि निर्मलाले न्याय पाउनेमा हामी आशावादी रहेको बताइन् । उक्त निर्णयले निर्मलालाई न्याय दिनसके रवि सफल हुने उनले बताईन् । काम गर्ने कुरा र बास्तबिकता त्यसपछि रबिको परीक्षण हुनेछ।