धनगढी । परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालको १८ औं बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ। याक नेपालका अध्यक्ष धनबहादुर रावलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशक सभाका सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा याक नेपालका महासचिव हृदय पुजाराले संस्थाका संस्थागत प्रगति प्रस्तुत गर्दै संस्थाको उद्देश्य, साझेदारी सस्था संगको समन्वय र सहकार्यको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरि याक नेपालका कार्यकारी निर्देशक डबल बमले परियोजनाको प्रस्तुती करण गर्दै आर्थिक बर्ष २०७८/०७९ मा गरिएका कार्यक्रम, कार्यक्रम कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, तथा आगामी चालु आर्थिक बर्षमा गरिने कार्यक्रमका बारेमा तयार पारिएको कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथी रहेका थिए। उनलाई कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो। यस्तै कार्यक्रमका बिशिष्ट अतिथीमा सामाजिक बिकास मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा उपसचिब गणेश बहादुर सिँह, पुर्व क्षेत्रिय निर्देशक अमिर खाती, पुर्व अध्यक्ष तथा सल्लाहकार भागरिथी सिँह लागयतको उपस्थीती रहेको थियो।