कैलाली हार्डवेयर व्यवसायी संघका सचीव एवं न्यु जगदम्बा सप्लायर्स हसनपुर, धनगढीका संचालक हार्डवेयर व्यवसायी स्वर्गिय अम्बा दत्त भट्टको निधनप्रती दुख ब्यक्त गर्दै कैलाली हार्डवयेर ब्यवसायी संघले दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्दै आर्थिक सहयोग गरेको छ ।
संस्थाका कार्यसमिति सचीव समेत रहेका हार्डवेयर व्यवसायी भट्टको १३औं दिनको पुण्यतिथिको अवसरमा धनगढी चटकपुर स्थित हार्डवेयर संघको कार्यालय अगाडी जिल्ला भरिका कैलाली हार्डवेयर व्यवसायी संघ अन्तर्गतका हार्डवेयर व्यवसायी हरु उपस्थित भई दिप प्रज्वलन एवं श्रद्धाञ्जली अर्पण सभाको आयोजना गरिएको हो ।
साथै संघ अन्तर्गतका व्यवसायी हरुले मृतक भट्टको शोकाकुल परिवारलाई रु १,०४,२१५ आर्थिक सहयोग समेत गरेका छन् । व्यवसायिक एकता र हरेक सुखदुःखको अवस्थामा हातेमालो अनि सहकार्य गर्नकै लागि यस किसिमका संघ संगठनहरुको आवस्यकता पर्ने ब्यवसायी बताउँछन् । संघका अध्यक्ष कुवेर शाहीले यस दु खद अवस्थामा सम्पूर्ण हार्डवेयर व्यवसायी संघ परिवार शोकाकुल भएको र उहाँको साथमा रहेको बताए ।
भट्टको परिवारमा पर्न गएको पिडामा सहानुभूति प्रदान गर्न अहिलेको आर्थिक मन्दि भएको अवस्थामा घरपरिवारलाई थोरै सहयोग गरेको अध्यक्ष शाहीले बताए ।