धनगढी : कैलाली क्षेत्र नम्बर ५ १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश शिहँ धामीले पार्टी केन्द्रिय कार्यालय पुगेर सहिदहरुलाई माल्यार्पण गरेका छन् । पार्टी कार्यालयमा रहेको सहिद स्मारकमा सहिद हरुलाइ माल्यार्पण गर्दै सहिद हरुले देखाएको बाटो मा लाग्ने प्रतिबद्धता गरेका छन् ।
लामो जनयुद्ध पश्चात देशमा आएको परिवर्तनकै कारण आज प्रदेशसभा सदस्य बन्ने अवशर मिलेको बताउँदै धामीले सहिदका सपना पुरा गर्न निरन्तर जनताको सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
सहिदले देखाएको बाटोमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका धामीले कहीँ कतै बाटो बिराए झकझक्याउन सबै पार्टी नेता कार्यक्रता तथा आम जनताहरुमा आग्रह गरेका छन् ।