धनगढी। सुदूरपश्चिम महोत्सव धनगढी १ को पशुपती टोलमा सञ्चालन भइरहेको छ । सुदूरपश्चिम महोत्सवको आज आठौँ दिनमा प्रमोद खरेलको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै महोत्सवमा आज विहीबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जनाइएको छ।
विहीबार प्रमोद खरेल र चेतन बोहराको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए। कलाकार संयोजक कुँवरले विहीबार राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए। पुस १ गते चक्र बम र खुमन अधिकारी आउने भएका छन्। मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ।