धनगढी। प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको छ । सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको हो। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग बाणिज्य संघले १५ किलोको माला लगाएको जनाइएको छ।
देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको छ। २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको छ। २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको छ। जसमा प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका माग रहेका छन। आज देखी धनगढी १ पशुपतीटोलमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।