धनगढी। कैलालीमा लागुऔषधखैरो हेरोईन सहित एक जना पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका- ३ कुसुमघाटबाट अवैध लागुऔषध खैरो हेरोईन सहित मंगलबार एक जना पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका- ९ बस्ने २४ वर्षीय गोबिन्द कुँवर रहेका छन्।उनको साथबाट ५ ग्राम लागुऔषधसहित बरमत गरिएको छ ।उनले चलाएको से ७ प ५१५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।