धनगढी। धनगढी वडा नम्बर ६ स्थीत एक सामुदायिक वनबाट भरूवा बन्दुक बरामद गरिएको छ। धनगढीको उपमहानगरपालिका ६ को समैती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारेको हो। सोही सामुदायिक वनका अध्यक्षको सूचनाको आधारमा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएको बन्दुकको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।