धनगढी। धनगढीमा प्रादेशिक विपद प्रतिकार्य ढाँचाको मस्यौदाका बारेमा छलफल गरिएको छ। सुपर परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका,प्रदेश सरकार,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा प्रादेशिक विपद प्रतिकार्य ढाँचाको मस्यौदाका बारेमा छलफल गरिएको हो।
शहरी विपद तथा भुकम्पीय जोखीमसाथै शिक्षा सुरक्षा स्वास्थ्य र पोषण अवस्थालाई कसरी सुधार ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल गरि विपद प्रतिकार्य ढाँचाको मस्यौदा बिषयमा जानकारी गराइएको थियो। साथै सुदुरपश्चिममा बाढी पहिरो, भुकम्प, आगलागी, भुक्षयकासाथै प्रदेशमा शिक्षा,समरक्षेण,आवास,गैर खाद्य लगायत सम्बन्धि बिशेष छलफल गरिएको छ। कार्यक्रममा सहभागीहरुले विपद जोखीममा खानेपानी तथा सरसफाई कार्यक्रम समेटिएको र त्यसलाई मध्येनजर राख्दै सरोकारबालासँग छलफल तथा निती योजनाहरु बनाइरहेको बताएका छन्।
कार्यक्रममा प्रादेशिक विपद् प्रतिकार्य कार्यढाँचाका बारेमा नेपाल सरकारका पुर्व सचिब शंकर कोइरालाले जानकारी दिएका थिए। उनले प्रतिकार्यको समयमा प्रमुख प्रदेश विपत प्रतिकार्य नियन्त्रक, र प्रदेश अन्तरगत कार्यरत जिल्ला विपद ब्यवस्थापन समिती, लगायत जिम्मेवार निकायसँग समन्वय गरिने बताएका छन्। नेपाल शिक्षा समुह, संरक्षण बिषयगत क्षेत्रको लागी सुुपर परियोजना युएनडिपीले आवश्यक समन्वय र प्राबिधिक सहयोग गर्ने निर्णय समेत गरिएको छ।


