बाजुरा।बाजुरा प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाइ फराकिलो मतान्तरले पछि पार्दै प्रदेश सभामा शाही निर्वाचित भएका हुन ।शाही २० हजार ११९ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत पाएका छन्।
Advertisement



एमाले उम्मेदवार थापा निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् भने विजयी भएका कांग्रेस उम्मेदवार शाही ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल बहादुर शाहीले १ सय २२ मत मात्र प्राप्त गरेका छन । भने स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १ सय ५५ मत प्राप्त गरेका छन ।
Advertisement
