बैतडी माया हत्या प्रकरणः आरोपित सशस्त्र प्रहरीका जवानलाई खोजी गर्दै प्रहरी !

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली अझै फरार छन्।पीडित परिवारले किटानी जाहेरी दिएका शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोली अझै पक्राउ परेका छैनन् । उनी घटना भएदेखी प्रहरीको फरार सूचिमा रहेको र उनको प्रहरीले निरन्तर खोजी गरिरहेको छ।