धनगढी। धनगढीमा स्कुटर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका १३ स्थित भाटभटेनी नजिकै तीव्र गतिमा रहेको स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
Advertisement



धनगढी देखी राजपुरतर्फ जादै गरेको सुपप्र ०१००९ प ५१६३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर पल्टिएको हो। कैलाली प्रहरीका अनुसार धनगढी १३ का उमंग जोशी र स्कुटरपछाडी सवार उनका साथी काठमाण्डौ बस्ने २१ वर्षीय अनुराग अवस्थी घाइते हुन्। उपचारका लागी उनीहरुलाई निसर्ग अस्पताल धनगढीमा लगीएको छ।
Advertisement

Advertisement

Advertisement

Advertisement
