बैतडी माया हत्याका आरोपित कोलीको टिकटक: मैले मायाको हत्या गरेको होइन

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षिया माया लुहारको हत्याका आरोपित अझै पक्राउ परेका छैनन्। पीडित परिवारले किटानी जाहेरी दिएका शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोली अझै पक्राउ परेका छैनन् । उनी घटना भएदेखी प्रहरीको फरार सूचिमा रहेको र उनको प्रहरीले निरन्तर खोजी गरिरहेको छ।