कैलाली। एमाले निकट बिद्यार्थि सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले (अनेरास्ववियु)ले धनगढीमा प्रहरीले विद्यार्थीमाथि दमन गर्नु निन्दनीय भएको जनाएको छ । बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया स्थानीय चेतना साउँदको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले दमन गरेको अनेरास्ववियुको आरोप छ।
अनेरास्ववियु कैलाली जिल्ला अध्यक्ष किशोर शाहले जारी गरेको विज्ञप्तिमा न्याय मागिरहेका विद्यार्थी माथि प्रहरीले बल प्रयोग गर्नु निन्दनीय भएको जनाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन ३७ राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै विद्यार्थी र अन्य गरी २१ जनालाई पक्राउ गरेको छ । यस विषयमा पनि, बिज्ञप्तिमा खेद प्रकट गरिएको छ । पीडितलाई न्याय दिनुको साट्टो उल्टै धनगढीवासीको जनजीवन प्रभावित हुने गरि विद्यार्थीमाथि गरिएको ज्यादती र निषेधाज्ञाको अनेरास्ववियु कैलाली घोर आपत्ति गर्दछ’, विज्ञप्तिमा भनिएको छ । दोषीलाई कारबाहीको माग गर्दै पीडितलाई क्षतिपूर्तिको साथै पक्राउ गरिएका विद्यार्थीलाई तत्काल रिहाइ गर्न विज्ञप्तिमा माग गरिएको छ । माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ ।