कञ्चनपुर। कञ्चनपुरस्थीत एक घरमा आगलागी हुँदा जलेर एक वृद्धा महिलाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीको एउटा घरमा आगलागी हुँदा ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शुक्रबार राति घरको कोठामा एक्लै भएको बेला आगलागी हुँदा ती वृद्धाको जलेर मृत्यु भएको हो । ति वृद्धा महिला बिँडी खाने भएकाले त्यसैको ठुटोबाट आगलागी भएको आशंका गरिएको जनाइएको छ ।