धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काग्रेंसका डिल्लीराज पन्तसंगको मतान्तर एमालेका नारदमुनी रानाले घटाउँदै गएका छन् । हाल अग्रता कायम गरेका डिल्लीराज पन्तले २८ हजार चार सय ३७ मत गणना हुँदा ९४३० मत पाएका छन्। एमालेका रानाको मत ८११० छ। राना भन्दा पन्त १३२० मतले अगाडि छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ३५८७ मत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टको १९४८ मत छ।
क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार रमेश सिँह धामीले अग्रता लिएका हुन्। उनको ३६०८ मत छ। एमालेका उम्मेदवार नेपालु चौधरीको २०५२ मत छ। क्षेत्र नम्बर १ मा१३९२७ मत गणना सकिएको छ। सभा २ मा पनि काँग्रेसका उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको ५१५२ मत छ। एमालेका उम्मेदवार दुर्गा जोशीको ३१२२ मत छ।
प्रदेश क्षेत्र नम्बर २ मा १४७४६ मत गणना सकिएको छ।