धनगढी। दिउँसो १ बजे मतगणना गर्ने भनिएको कैलाली क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित बनेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्याललाई प्रेसरको समस्या रहेको र निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा पछि गर्ने सहमती भएको थियो । यसअघि आज बिहान सर्वदलीय बैठक बसी १ बजे मतगणना गर्ने सहमती भएको थियो।
त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेकालेआफ्नो क्वाटरमा आराम गरिरहेको जनाइएको छ । कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा चुनावी प्रतिस्पर्धामा रहेका छन्।स्वास्थ्य तालिम केन्द्र धनगढीमा मतगणना हुनेछ ।