दार्चुला। दार्चुलाको एक मतदानस्थलमा हवाइ फायर गरिएको छ। डोटीको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा विवाद उत्पन्न भएपछि प्रहरीले हवाइ फायर गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका पहल भैरहेको छ।