दार्चुला। दार्चुलाको गोकुलेश्वरमा बम फेला परेको छ । बैतडी र दार्चुलाको सीमामा रहेको गोकुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार प्रेसर कुकर बम फेला परेको हो ।हिजो (शुक्रबार)राती भेटिएको प्रेसर कुकर बम आज बिहान नेपाली सेनाले डिस्पोजल गरेको छ ।
चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटो मात्रै भएको बताइएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द रहेका थिए।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाले अहिले त्यो कुकर हटाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ। यस्तै जिल्लाको अवस्था सामान्य रहेको उनको दाबी छ। यसअघि शनिबार बिहानै ३ बजेदेखि पुलमा बम राखिएको भनिएको थियो। त्यसपछि त्यहाँ नेपाली सेनाको टोली समेत पुगेको थियो। सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेका थिए।