धनगढी : नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामीले हजारौँ नेपालीको बलिदानीबाट बनेको संबिधान कुल्चन खोज्नेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ क बाट सत्ता गठबन्धनका साझा उमेदवार रहेका धामीले संबिधानलाई समेच कुल्चन खोज्नेबाट देशले निकास पाउन नसक्ने बताएका हुन् ।
२०७४ सालमा एमाले माओवादी गठबन्धन भयो र जनताले अब स्थाइत्व आउँछकी भनेर नेपाली जनताले करिब दुई तिहाई दियो उनले भने “यत्रो जनताको बिश्वासलाई अहिलेका एमाले अध्यक्ष केपी ओलीले जोगाउन सकेनन् जनमतनै कुल्चिदिए, र देशमा अर्को गठबन्धन बन्यो, स्थायत्वका लागी र संबिधान जोगाउनकै लागी गठबन्धन बनेको हो, फेरीपनि आउन सक्छन गाउँघरमा त्यस्ता प्रतिगामी, भोलीपनि संसद बिघटन हुन्न भन्ने के ग्यारेन्टी छ त्यस कारण स्थाइत्वका लागी गठबन्धन रोज्न आवश्यक छ ।”
स्थितरता र सम्बृद्धी त्यस्ता संबिधान कुल्चनेबाट संभव नभएकाले अब शान्ती र स्थाइत्वका लागी बाम लोकतान्त्रीक गठबन्धन रोज्नुपर्छ उनले भने “देशको बिकास राष्टियताको रक्षा हाम्रो मुल मन्त्र हो, हामीले सुनिरहेका छौँ यो गठबन्धन होइन ठगबन्धन हो रे, पद खानका लागी मात्र गठबन्धन हो रे म भन्न चाहान्छु अनी तपाइहरु चाहीँ के बन्नका लागी गठबन्धन हो ।”
हामी यो देशलाई स्थिरता तर्फ लैजान चाहान्छौँ उनले भने “हाम्रो गठबन्धन पबित्र उद्देश्य र लक्ष सहित भएको हो यहि गठबन्धनले देशलाई निकाश दिन्छ, म यहाँको उमेदवार भएका कारण यहाँका समस्याका बारे सबै गठबन्धनले जिम्मा लिन्छ, हामीले हल गर्छौँ ।”