नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री नारदमुनी रानाले नेपाली काग्रेंस जस्तो पार्टी, भुमिहिन, सुकुम्बासी, दलितलाई जमिनको मालिक बनाउन नखोज्ने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा सदस्यका उमेदवार समेत रहेका रानाले काग्रेंस गरिब, निमुखा, निम्न बर्गको पार्टीनै नभएको जिकिर गरेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रानाले सबै गरिब, सुकुम्बासी, दलित, भुमिहिन लगायत निम्न बर्गका ब्यक्तीहरुको पार्टी एमालेनै भएको दावी गरे । जग्गाधनी पुर्जा दिनका लागी २०५१ सालमा एमालेकै सरकार भएका बेला भुमि आयोग गठन भएको थियो रानाले भने “बिचमा एमालेको सरकार बन्न सकेन बनेपनि ६ महिने, ९ मनिे बन्यो तर काग्रेंस पटक÷पटक सत्तामा पुग्दापनि जग्गाधनी पुर्जा दिनका लागी कुनै पशल थालेन, तर जब एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री बन्नुभयो, आयोग गठन गरेर, धमाधम जग्गाधनी पुर्जा दिनका लागी लगत संकलन कार्य भयो, तर पुर्जा दिनेबेला हामे सरकार बिभिन्न षडयन्त्र गरेर ढालियो ।”
सरकार त ढालियो एमालेले गठन गरेको भुमि सम्बन्धि समस्या समाधान आयोग समेत खारेज गरियो उनले भने “काग्रेंस नेतृत्वको सरकारले गरिबमाथी यस्तो कदम चाल्दा एमालेकै साथीहरुले सर्बोच्चमा मुद्धा हालेपछि आयोग पुनर्जिबित भयो र केही काम शुरु भयो तर पुर्जा अँझै दिइएको छैन, अहिलेसम्म एमाले सरकारमै भएको भए पुर्जा सबैले पाउँथे, काग्रेंसकै कारण जग्गाधनी पुर्जा पाउनबाट सबै बञ्चित भए, अब हामी सरकारमा गएलगत्तै पुर्जा वितरण गर्छौँ ।”
नेपाली काग्रेंस भुमिहिन सुकुम्बासीलाई जमिनको मालिक बनाउन चाहान्न् : राना
नेपाली काग्रेंस भुमिहिन सुकुम्बासीलाई जमिनको मालिक बनाउन चाहान्न् : राना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

