धनगढी : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा उमेदवार नारदमुनी रानाले किसानको सारथी एमाले मात्रै भएको बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ अन्तरगत धनगढी उप महानगरपालिका १८ फुलवारीको टोल भेलालाई सम्बोधन गर्दै रानाले एमालेले नेतृत्व गरेकै बेला किसानका समस्या समाधान तर्फ उन्मुख भएको बताएका हुन् ।
भुमीहिन, सुकुम्बासी लगायतका समस्या समाधानका लागी एमाले नेतृत्वकै बेला आयोग गठन गरी काम शुरु भएको रानाले बताए । २०५१ सालमा एमालेकै नेतृत्वमा सरकार हुँदा गठन भएको आयोग अन्य दलको सरकारका बेला बिघटन हुने तर किसानका समस्या उस्तै रहेको अवस्थामा २०७४ पछि केपी ओली नेतृत्वको सरकारले भुमी आयोग गठन गरी पुर्जा दिने प्रक्रियासम्म पुग्दा ५ दलको गठबन्धन बनाएर परमादेशबाट एमालेलाई सरकारबाट हटाइएको उनले बताए । एमाले सरकारमा भएको भए हालसम्म सबै भुमीहिन, सुकुम्बासीले जग्गाधनी पुर्जा पाइसक्ने रानाको दावी छ ।
देश जोगाउन एमालेनै चाहिने, भमिहिन, सुकुम्बासी, दलितका लागी एमालेनै चाहिने हुँदा आगामी निर्वाचनमा सबैको रोजाइमा एमालेनै पर्ने उनको भनाई छ । किसानका लागी मल अभाव समस्या समाधान गर्न एमाले नेतृत्वकै सरकारका बेला फस्फोरस खानीको सम्भाब्यता अध्यायन गरीएको उनले बताए ।
गठबन्धन सरकारले नागरिकता बिधेयक ल्याउने देखी, एम सी सी पास गर्नेसम्मका राष्टघातका काम गर्दै जनताको ढाड सेक्ने गरी महंगी समेत बढाएको उनले बताए । देशको आर्थिक अवस्था नाजुक बन्नुमा गठबन्धन सरकारनै दोशी रहेका कारण देश बनेको हेर्न चाहानेले एमालेलाइनै रोज्ने रानाको भनाई छ ।

