कैलाली। कैलालीका उद्योग ब्यवसायी आन्दोलित बनेका छन्। नेपाल राष्ट्र बैकको निति र चर्को ब्याजदर बृद्र्धिका कारण उधोगी व्यावसायि मारमा परेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। उद्योग ब्यवसायी मारमा परेको भन्दै आगामी दिनमा के-कसरि आगाडी बढ्ने सम्बन्धमा आज सरोकार उधोगी व्यवसायि बिच छलफल भएको छ।
ब्यवसायीहरुका समस्यालाई बैङ्क तथा बित्तीय संस्था वा राष्ट्र बैक समक्ष पुर्याउदा पनी अहिलेसम्म कुनै सुनुवाई नभएको ब्यवसायीहरुको आरोप छ। बैङ्क तथा बित्तीय संस्थाले चर्को ब्याजदर बृद्धि गरेकोले ब्यवसायी मारमा परेको र राष्ट्र बैकले पनी सो निर्देशन दिएको भन्दै चरणबद्ध आन्दोलनमा जाने कैलालीका उधोगी व्यावसायिहरुको भनाई छ। बिगतमा पनी चर्को ब्याजदर बिरुद्ध महासंघ मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाइसकिएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए।
यस्तो अवस्थामा उधोगी व्यावसायी कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा ब्यवसायी बिच छलफल भएको र प्रधानमन्त्री पनी हाल २ दिन धनगढीमै रहेकाले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए। त्यसपछि बजारमा मौन जुलुस धर्ना दिने कार्यक्रम भोली देखी चरणबद्ध रुपमा सुरु गरिने अध्यक्ष कुँवरले जानकारी दिए । बैङ्क तथा बित्तीय संस्थाले जारी गरेको चर्को ब्याजदर बृद्र्धि तुरुन्त फर्ताको माग गर्नुपर्ने उनीहरुकोभनाई छ । बैङ्क तथा बित्तीय संस्थाले उधोगी व्यावसायिलाई ८ प्रतिशत ब्याजदर बृद्र्धि गरी १५ प्रतिशत पुर्याएको, बैङ्कको प्रमियम दर रेटहरु पनी बृद्र्धि गरेको, चालुपुँजी कर्जा, पुर्नर-कर्जापनी बृद्र्धि गरेको ब्यवसायीले बताए। यसबारे बैङ्क तथा बित्तीय संस्था, राष्ट्र बैक तथा सरकारले समयमै ध्यान दिनुपर्ने ब्यवसायीहरुको भनाई छ।