धनगढी : नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ क बाट बाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवार रमेश धामीले गदरिया क्षेत्रको बिकासको जिम्मा आफु लिने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ क प्रदेशसभा अन्तर्गतको कैलारी गाउँपालिका ६ बनकट्टामा कार्यक्रताहरुलाई सम्बोधन गर्दै धामीले अब यहाँको बिकासको जिम्मा आफुले लिने बताएका हुन् ।
यस अघी जितेकाहरुले कुनै काम गरेन भनेर जनताबाट धेरै गुनासो आएको बताउँदै धामीले आफु निर्वाचित भएपछि गदरियाको बिकासलाई प्रार्थमिकतामा राख्ने बताएका हुन् । आफु चुनाव जित्नका लागी मौ नभई सक्ने जती मात्रै आश्वासन दिइरहेको बताउँदै धामीले गदरियाको बिकासका लागी प्रदेशबाट आफु र संघबाट डिल्ली पन्त गर्ने भएकाले दुइटै उमेदवारलाई बिजयी गराउन आग्रह गरे । आफु अहिलेसम्म कुनै सार्वजनिनिक पदमा नबसेको बताउँदै धामीले एक पटक आफ्नो काम हेर्न जनतालाई आग्रह गरे ।
म एक पार्टीको जिम्मेवार नेता हुँ मैले चुनाव जितेपनि नजितेपनि यस क्षेत्रको बिकास गर्ने जिम्मेवारी हुन्छ धामीले भने “मलाई बिकास गर्ने हुटहुटी छ यो पुरा गर्ने जिम्मेवारी दिनुहोस गुनासो गर्ने ठाउँ राख्ने छैन, म युवा, जोश जाँगर भएको मान्छे हुँ, म काम गरेर देखाउँछु अवशर दिनुस ।” यहाँ फेरी मत दिनुहोस भनेर आउनुहुन्छ होला कामै नगरेका नेताहरु याद गर्नुहोला उनले भने “एक पटक ठगेको ब्यक्तीले पटक पटक ठग्छ, म जनताको सेवा गर्ने कसम खान्छु, मैले बाचा गरे अनुसार काम गर्न नसके कहिल्यै अनुहार देखाउने छैन ।”
गठबन्धनका सबै उमेदवारलाई बिजय गराउनुस स्थाई सरकार बन्छ उनले भने “सबै ठाउँमा गठबन्धनको सरकार भए हामीलाई काम गर्नपनि सजिलो हुन्छ एक पटक अवशर दिनुहोला म काम गरेर देखाउने छु, संघमा रुखमा मत हाल्नुस प्रदेशमा हसिया हतौडामा, मत खेर जान दिने छैन ।”

