पीडितले बयान दिइन्, राति प्रतिरोध गर्दा सन्दीप लामिछानेले ढाडमा जोडले हाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।