सन्दीप लामिछानेले दिए बयान : उसको चित्त नदुखोस् भनेर नगरकोट गएको थिएँ

काठमाडौं। बलात्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् । ‘मैले के भयो, म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको थिएँ’, उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘होइन, म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले ठीक छ, अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ ।’