कैलाली। कैलालीमा धान ‘थ्रेसिङ’गरिरहेको अवस्थामा ट्याक्टरमा आगलागी भएको छ।कैलालीको जानकी गाँउपालिका८ वनदेवीपुरका कर्णबहादुर चौधरीको धान ‘थ्रेसिङ’गरिरहेको अवस्थामा जानकी१ तोरैयापुरका रामफल चौधरीको से १ त ५२७७ नम्बरको ट्र्याक्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो साढे २ बजे ट्याक्टरको इन्जिन तात्न गई एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट टेक्टर को सिट, हुट, थ्रेसर समेत जलेको छ। कर्णबहादुर चौधरीको १ क्वीन्टल धान र २ डल्लब बराबरको पराल जलेर नष्ट भएको छ। भने मानबिय नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। प्रहरी र स्थानीयको सहयोगमा उक्त आगो दिउँसो ३ बजे नियन्त्रणमा आएको जनाइएको छ।


