कञ्चनपुर। कञ्चनपुरमा सत्ता गठबन्धनमा गठबन्धनभित्रै प्रतिस्पर्धा हुने भएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ (क) र निर्वाचन क्षेत्र नं २ (ख) मा सत्ता गठबन्धनले मित्रवत प्रतिस्पर्धा हुने गरी ती प्रदेश सभा क्षेत्रमा उम्मेदवारी कायम राखेपछि गठबन्धनभित्रै प्रतिस्पर्धा हुन लागेको हो। सत्ता गठबन्धनका तीन दलका उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन्।
गठबन्धनका उम्मेदवार काँग्रेस, माआवादी केन्द्र र एकीकृत समाजवादी दुई प्रदेश क्षेत्रमा आफैं चुनावी प्रतिस्पर्धा भएका छन्। गठबन्धनमा भागबण्डा सहमति हुन नसकेपछि सत्ता साझेदार एकीकृत समाजवादीले दुई प्रदेशमा उम्मेदवारी दिएको थियो। कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (ख) मा नेकपा एकीकृत समाजवादीका तर्फबाट लालबहादुर खड्का उम्मेदवार छन्। गठबन्धनले कांग्रेसका बहादुरसिंह थापालाई चुनावी मैदानमा उतारेको छ। खड्काले मित्रवत् प्रतिस्पर्धा गरिरहेका हुन्। यस्तै प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेशसभा (क) मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। एकीकृत समाजवादीले प्रकाश रावललाई उम्मेदवार बनाएको यो क्षेत्रमा गठबन्धनले माओवादी केन्द्रका टेकेन्द्र भट्टलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। यहाँ रावलले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन्।
गठबन्धनमा अन्तिमसम्म उनीहरु दुबै जना अन्तिमसम्म उम्मेदवार हुने गरी छलफल गरिएको थियो। सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले नमानेपछि समाजवादीका उम्मेदवार मित्रवत प्रतिस्पर्धाका लागि चुनावी मैदानमा जानु पर्ने बाध्यतामा पुगेका छन्। सत्ता गठबन्धनका शीर्ष नेताबीच दुई प्रदेशमा मित्रवत्र प्रतिस्पर्धा हुने सहमति भएपछि ती दुबै क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भने अप्ठेरोमा परेका छन्। समाजवादीका नेता कार्यकर्ताले प्रतिनिधि सभा सदस्यका दुबै उम्मेदवार नबोक्न दबाव दिन सुरु गरि सकेका छन्।
एकीकृत समाजवादीका विद्यार्थी नेता प्रज्वल कुँबरले प्रदेश सभा सदस्यका मित्रवत प्रतिस्पर्धा भए प्रदेश सभाका कुनै उम्मेदवार नबोक्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई चेतावनी दिएका छन् । ‘अब मित्रवत प्रतिस्पर्धा भयो भने प्रतिनिधि सभा सदस्यले कुनै पनि उम्मेदवार बोक्नु पाउँदैनन्, बोकेपछि नतिजा राम्रो हुँदैन’ उनले भने ।समाजवादीका प्रदेश सभा सदस्यका उम्मेदवार रावलले केही दिन अघि पत्रकार सम्मेलनमा शीर्ष नेताले छलफल गरी आफूलाई उम्मेदवार बनाउने आशा भएको बताएका थिए।
समाजवादी कार्तिक ६ गतेसम्म शीर्ष नेताले कार्तिक ६ गतेसम्म दुई प्रदेशमा काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार फिर्ता हुने आश गरिएको थियो। पत्रकार सम्मेलनमा नै उम्मेदवार रावलले प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकलाई दुबै उम्मेदवार नबोक्ने आफूले आग्रह गरेको बताएका थिए । उम्मेदवारी दर्तापछि लेखकले तीन पटकसम्म रावलसित भेटघाट गरेका थिए।यस्तै उता बाजुरामा प्रदेश सभा १ मा नेकपा एकिकृत समाजवादीका नरेश शाही उम्मेदवार छन्। भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन्। प्रतिस्पर्धाका बारेमा छलफल जारी रहेको जनाइएको छ।