कञ्चनपुर। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शालिग्राम शर्माको निधन भएको छ। एमाले जिल्ला सचिव पल्लवराज भट्टका अनुसार २०५४ सालमा कञ्चनपुरको तत्कालिन परासन गाउँविकास समितिका अध्यक्ष शर्मा केही वर्षदेखि बिभिन्न रोगले थलिएका थिए।
शिक्षण पेशामा संलग्न शर्मा राजीनामा दिएर तत्कालिन परासन गाबिसको अध्यक्षमा चुनाव लडेका थिए। एमाले कञ्चनपुरका संस्थापक सदस्यसमेत रहेका शर्माको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए। बौद्धिक व्यक्तित्व र राम्रो संगठकको निधनले पार्टीपंक्ति मर्माहत भएको र दक्षिणी क्षेत्रमा उहाँको अभाव सधैँ खटकिरहने भट्टले जानकारी दिए।