धनगढी : थ्रेसरमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ बर्रीटोल बस्ने ४५ बर्षिय बिना चौधरीको मृत्यु भएको हो ।
उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर थ्रेसरमा परेको र घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

