धनगढी। कैलालीमा तिहारको समयमा पटाका पड्काउन रोक लगाएको छ। स्थानीय प्रहरी, प्रशासनले पटाका नपड्काउन र स्थानीय प्रहरी, प्रशासनले तिहारका समयमा राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको हो। राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
रमाइलोको नाममा पटाका पड्काउदा र राति अबेरसम्म देउसीभैलो खेल्दा घटना तथा दुर्घटना हुनसक्ने भन्दै पटाका बिक्री वितरण तथा पड्काउनमा रोक लगाइएको जनाइएको छ।यदी कसैले यसको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने जनाइएको छ। रातिको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिदै १० बजेपछि देउसी भैलो खेल्न नपाइने डीएसपी जोशीले बताए । चाड पर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा योजना अन्तरर्गत जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरीले जनाएको छ ।


