धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्म पाठकले धाँदली रोक्नका लागी युवाहरु सजक भएर बस्नुपर्ने बताउका छन् । एमाले धनगढी उप महानगरपालिका वडा नम्बर ४ को युवा भेलालाई सम्बोधन गर्दै पाठकले निर्वाचनमा महत्वपुर्ण भुमिका युवाकै रहने बताएका हुन् ।
आसन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेदवार समेत रहेका पाठकले युवाहरुले आम निर्वाचनमा महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए । युवाहरुले चुनावमा धाँदली हुने अवस्थाका लागी सजग भएर बस्नुपर्छ पाठकले भने “निर्वाचन प्रचार प्रसारमा अन्य पार्टीले निर्वाचन आचार सहिंता उल्लघंन गरेको छ की, कतै आर्थिक चलखेल भएको छ की यस्ता कुरामा सजग भएर बस्नुपर्छ ।”
यति मात्रै होइन आम निर्वाचनमा निर्वाचन शिक्षामापनि युवाले भुमिका खेल्नुपर्छ पाठकले चने “आफ्नो पार्टीका पक्षमा युवाहरु बढाउन र नयाँ युवालाई पार्टीका बिचार र शिद्धान्त बारे जानकारी दिने लगायतका थुप्रो काममा युवा लाग्नुपर्छ अनी मात्र पार्टीले निर्वाचन जित्ने छ ।”
भोलीको देश चलाउने युवा भएका कारण अहिले युवालेनै पार्टीका लागी देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । हामीले निर्वाचनको परिणाम कस्तो ल्याउँछौँ युवाहरुको योगदानमापनि निकै भर पर्छ उनले भने “युवाहरु यो निर्वाचनमा निकै सक्रिय हुनुपर्छ र एमालेका उमेदवारहरुलाई बिजयी गराउन भुमिका खेल्नुपर्छ ।”