बाजुरामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका१ स्थित साँफे मार्तडी सडकखण्डमाअटोबाट खसेर एक जनाको मृत्यु भएको हो । सुपप्र ०१ ००१ ह ४०६३ नम्बरको अटोबाट खसेर बुढीगंगा २ का अन्दाजी ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार अटोबाट खसेर घाइते भएका उनको मार्तडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा चालकसहित तीन जना सवार रहेका प्रहरीले बताएको छ। चालक बडीमालिका नगरपालिका ४ का ३२ वर्षीय नरजन बुढा अटोसहित जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा रहेका बताइएको छ।