धनगढी। कैलालीमा राजनीतिक दलले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लिएर राजनीतिक दलले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएका हुन् । कैलालीमा प्रतिनिधि सभातर्फ ५ निर्वाचन क्षेत्र छन्। यस्तै प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र छन्।
सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धन तथा स्वतन्त्र उम्मेदवारले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन्। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि कैलालीमा पाँच सिटमा ४८ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कैलालीमा प्रतिनिधिसभा सदस्य पदका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा कुल एक सय ४४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन्। मतदाताहरु काममा ब्यस्त हुने समय भएकाले पनि उम्मेदवारहरु बिहान बेलुका मतदाता भेट्न घरमै पुग्ने गरेका छन्। कैलाली ५ मा गठबन्धनका उम्मेदवार डिल्लीराज पन्त प्रचारप्रसार तथा सम्पर्क कार्यालय उद्घाटन गर्न बेस्त भइरहेका छन्। उनले आज बिहान मात्रै धनगढी (२ स्थीत सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै कैलाली ५ बाट प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार पुस्कर नाथ ओझाले पनी सचिवालय सञ्चालन गरेर बिभिन्न वडामा पुगीरहेका छन्।
उनले आज बिहान धनगढी बुद्धचोकमा चियागफ गरेको बताएका छन्। उनले भने बिभिन्न ठाउँमा गएर प्रचारप्रसार भैरहेको बताए। यस्तै कैलाली क्षेत्र नम्बर ५ बाटै नेकपा एमालेबाट प्रतिनित्री सभा सदस्यका उम्मेदवार बनेका नारदमुनी रानाले प्रचारप्रसार तिब्र पारिएको बताएका छन्। दैनिक जसो बिभिन्न स्थानमा पुगेको उनको भनाई छ। यस्तै उम्मेदवारहरु बिभिन्न कार्यक्रममा देखी घर दैलोमा नै छन्। निर्बाचन परिचालन कमिटीको सचिबालय स्थापना गरेका छन् । भने यस्तै अन्य निर्बाचन क्षेत्रमा पनि दलहरु आन्तरिक मिटिङ छलफल र मतदाता भेटघाटमा ब्यस्त रहेका छन्।