कैलाली। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले कैलालीका २ जनालाई कारबाही गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ ।
कैलाली सङ्घीय निर्वाचन क्षेत्र न ४ प्रदेश सभा क बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली सङ्घीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा क बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख गरिएको छ ।
सापकोटा माओवादी केन्द्रका गौरीगङ्गा नगर समिति उपाध्यक्ष हुन् भने बस्नेत साधारण सदस्य हुन् । कैलाली क्षेत्र नं.४ प्रदेश सभा क मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी छन् भने कैलाली क्षेत्र नं. ५ प्रदेश सभा ९क०मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।