साउथ कोरियामा भइरहेको बुसान फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै फिल्ममेकर सुशील पाण्डे सहभागी भएका छन् । आफूले निर्देशन गरेको फिल्म इन्डिजिनियस एसेट्सुको तर्फबाट उनी बुसान फिल्म फेस्टिबलमा सहभागी भएका हुन् ।
एसियाको प्रतिष्ठित फेस्टिबल मानिने उक्त फेस्टिबल अक्टोबर ५ देखि १४ सम्म भइरहेको छ । ३५ एसियन र १० अन्य देशका १५ सयभन्दा बढी फिल्म निर्मातारनिर्देशक फेस्टिबलमा सहभागी भएका छन् । पाण्डेले निर्देशन गरेको फिल्म इन्डिजिनियस एसेट्सुले २०१९ मा भएको ह्युमन राइट्स फिल्म फेस्टिबलमा अवार्ड जितेको थियो ।
उनी प्रोड्युसर रहेको डकुमेन्ट्री ‘हिमालयन सेफर्ड’ ले ढाका डकल्याबमा ‘ग्लोबल फिल्म एन्ड इनिसिएटिभ अवार्ड’ जितेको थियो । उक्त वृत्तचित्रको निर्देशन आभास रिजालले गरेका थिए । बुसान फिल्म फेस्टिबलमा विश्वभरबाट छनोटमा परेका फिल्म प्रदर्शन, प्यानल डिस्कसन तथा सिनेमासम्बन्धी बहसजस्ता कार्यक्रम हुने बताइएको छ