धनगढी : सांसदको कार्यकाल सकिएपछिपनि सुदूरपश्चिम प्रदेशसभाका अधिकाशं पदाधिकारी तथा सांसदहरुले सेवा सुबिधा वाफत पाएका समान अँझै फिर्ता गरेका छैनन् । प्रदेशसभाका सभामुख, उप सभामुख तथा बिषयगत समितिका सभापति, प्रमुख सचेतकहरुले गाडी सुबिधा उपभोग गर्दै आएका थिए । त्यस बाहेक प्रदेशसभा सदस्यहरुले ल्यापटप तथा किताबहरु प्रदेशसभाबाट बुझेका थिए । संसदको कार्यकाल सकिएसंगै ति समान फिर्ता गर्नुपर्ने भएपनि सुदूरपश्चिम प्रदेशसभाका अधिकाशं निबर्तमान सांसद तथा पदाधिकारीहरुले फिर्ता नगरेको पाइएको हो ।
कार्यकाल सकिएलगत्तै सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुन बहादूर थापाले गाडि, निवास, फर्निचर, ल्याप्टप लगायत बुझेका सबै सामान फिर्ता गरेका छन्। उपसभामुख निर्मला बडाल जोशीले भने सभामुख बराबरनै सुबिधा लिएपनि उनले सुबिधा वाफत लिएका कुनै समान फिर्ता गरेकी छैनन् । सभामुख र उप सभामुखका स्वकिय सचिवहरुलेपनि बुझेका समान फिर्ता गरेका छैनन् ।
विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिहरुले पनि गाडी लगायतको सुविधा बुझेका थिए। जसमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले मात्रै सरकारी सुविधा फिर्ता गरेका छन्। बाँकी कुमारी नन्दा बम, हर्कबहादुर कुँवर र कुन्ती जोशीले कुनै सरकारी सुविधा फिर्ता गरेका छैनन्।
नेकपा एकिकृत समाजवादीकी प्रमुख सचेतक, दुर्गा कामी, माओवादीका अक्कलबहादुर रावल, काग्रेंसकी अम्बी कुमारी थापा, एमाले संसदिय दलका नेता प्रकाश बहादूर शाह, प्रमुख सचेतक लिलाधर भट्टले गाडी सुबिधा पाएका थिए । जसमध्ये दुर्गा कामी, लिलाधर भट्ट र अक्कल बहादुर रावलले मात्रै सुविधा फिर्ता गरेका छन्। भने, अम्बी थापाले यातायात खर्च बुझ्दै आएकि थिइन् ।
ल्यापटप बुझ्ने ४६ जना प्रदेशसभा सदस्यहरुमध्ये वीरमान चौधरी, महेशदत्त जोशी, अक्कल रावल, गोविन्द राज बोहरा, मलमती राना, कृष्णराज सुवेदी, हर्कबहादुर कुँवर, नेपालु चौधरी, गेल्वुसिंह बोहरा, लिलाधर भट्ट, रतन थापा, दीर्घबहादुर सोडारी, तारा लामा तामाङ, नन्दबहादुर साउँद र अमर साउँदले गरी १७ जनाले मात्रै ल्याप्टप प्रदेश सभा सचिवालयमा फिर्ता गरेका छन्। बाँकी प्रदेश सभा सदस्यहरुले भने प्रदेश सभा सचिवालयबाट लिएको सुविधा फिर्ता गरेका छैनन्।