धनगढी : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिीसभाका लागी उमेदवारी दर्ता गरिएको छ । आइतबार बिभिन्न दल तथा स्वतन्त्रबाट उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । कैलाली क्षेत्र नम्बर ५ मा पनि बिभिन्न दल र स्वतन्त्रबाट उमेदवारी दर्ता भएको छ । ५ नम्बर क्षेत्रमा मा सत्ता गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरि ११ जना व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराज पन्तले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन्।
एमालेबाट नारदमुनी राना, राष्ट्रिय स्वतन्त्र पार्टिबाट इश्वरी बिष्ट, स्वतन्त्रबाट पुस्करनाथ ओझा सहितका नेताहरुले मनोनयन दर्ता गरेका छन् । यस्तै संघिय लोकतान्त्री मञ्चका प्रताप औजी, नागरिक उन्मुक्तीका लक्ष्मण चौधरीले प्रतिनिधीसभाका लागी उमेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभामा गठबन्धनबाट प्रदेशसभा क मा माओवादीका रमेश धामी, ख मा काग्रेंसका प्रकाश देउवाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट कैलाली ५ मा पूर्व मन्त्री नारदमुनि रानाले मनोनयन दर्ता गराएका छन्। एमालेबाट प्रदेश सभातर्फ ५ को क मा नेपालु चौधरी र ख बाट दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा क मा श्रीराम चौधरी र ख मा गोठु चौधरीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश क मा पुष्करदत्त भट्ट र खबाट शिवराज भण्डारीलाई उम्मेदवार बनाएको छ।
कैलाली ५ को ख मा क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश क मा माओवादी केन्द्रका नेता रमेशकुमार बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कैलाली ५ को क मा ६ तथा ख मा ८ जनासहित प्रदेश सभाका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ।